बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

Bangladesh-winer
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे। यस्तै खेलको ५४औं मिनेटमा गोयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गोल गरे। नेपालका लागि खेलको ८१औं मिनेटमा समिर तामाङले एक गोल फर्काए।

बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो। यसअघि तीन पटकसम्म फाइनलमा पुगेको बङ्गलादेश उपाधिविहीन थियो। यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेको थियो।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्