सुरुवाती तीन खेलमा एम्बाब्पे फ्लप

Ambabe
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। स्पेनिश ला-लिगामा साविक विजेता रियल म्याड्रिड तेस्रो खेलमा दोस्रो बराबरीको सिकार भएको छ। लस पालसमसँग बिहीबार भएको खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दा रियलको सम्भावित हार टरेको थियो। ला लिगाका तीनै खेलमा सुरुवातमै मैदानमा उतारिएका एम्बाप्पेले रियलका लागि स्कोर गर्न अझै कुर्नुपर्ने भएको छ।

एमबाप्पे चल्न नसक्दा गयराति भएको ला लिगाको तेस्रो चरणको खेलमा साविक विजेता रियल मड्रिडले लास पाल्माससँग १-१ गोलको बराबरीमा चित्त बुझाउनुपरेको छ।
विश्वचर्चित र महँगा खेलाडीहरूलाई मैदानमा उतारे पनि रियलले तीनमध्ये दुई खेलमा बराबरी गर्न बाध्य भएको छ। एम्बाप्पेले रियलका लागि एटलान्टाविरुद्ध भएको युइएफए सुपर कपमा एक गोल गरेका थिए। त्यसयता ल लिगामा उनको सुरुवात भने निराशाजनक भएको छ।

गयरातिको खेलमा पछि परेको अवस्थामा रियलका लागि भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गरेका थिए। सुरुवाती अग्रता भने पाल्मासले खेलको पाँचौँ मिनेटमा मोलेरियोको गोलबाट गरेको थियो। खेलको पहिलो हाफमा पछि परेको रियलका लागि भिनिसियसले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरे। उनले खेलको ६९ औँ मिनेटमा गरेको पेनाल्टी गोलले रियलको हार टार्न सक्यो।

रियलले यो सिजनको पहिलो खेलमा आरसीडी मालोर्कासँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको थियो। त्यसपछि दोस्रो खेलमा उसले भालाडोलिडलाई ३–० ले हराएको थियो। सिजनको दोस्रो खेलको डेब्युमै बरु ब्राजिलका युवा स्ट्राइकर इन्ड्रिकले गोल गरेर शानदार सुरुवात गरेका थिए। विश्वका स्टार खेलाडीहरूले भरिएको रियलको सिजनको थालनी गतिलो नभएपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले गत सिजनजस्तो बलियो हुन गाह्रो भएको बताए।

‘यो सुरुवातले हामीलाई अपेक्षाभन्दा कठिन भएको छ। सुरुवाती तीन म्याचले मलाई धेरै चीज देखाए, मैले सोचेजस्तो काम भइरहेको छैन। हामीले चाँडै समाधान खोज्नु जरुरी भइसकेको छ’, उनले भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्