आज कति छ विदेशी मुद्राको विनिमय दर ?

dollor
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आज (शनिबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ। कतारी रियालको खरिद दर घट्दा बिक्री दर भने स्थिर रहेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ४५ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर

5-15

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्