पोखरा। सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्मै जाने बताएका छन्। शनिबार कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले नै कांग्रेस(एमाले सहकार्यबारे प्रश्न उठाउनुपर्ने आवश्यकता नरहेको बताएका हुन्।
माओवादीतर्फ संकेत गर्दै गुरुङले अहिले ३२ सिटको ‘म्याजिक’ले पनि दुवै पार्टीलाई ठगेकाले समीकरण परिवर्तनको सम्भावना नरहेको दावी गरे। उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मिल्नेबेलासम्म केही नहुने बताए।