काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारलाई सो सुझाव दिएका हुन्।
अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सिर्जना गर्ने कुरामा सरकार र सम्बद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
उनले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए ।उनले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरूले जोड दिनुपर्ने बताए।