फेरि महामन्त्रीको हैसियतमा काम गर्न पाउँ भन्दै मुकुलले दिए पुनरावेदन

mukul-dhakal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री तथा प्रवक्ता मुकुल ढकालले फेरि त्यही हैसियतमा काम गर्न पाउँ भन्दै पार्टीमा पुनरावेदन गरेका छन्। आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका हुन्।

उनको दिवेदनमा भनिएको छ-‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने बातावरण मिलाइपाउँ।’

रास्वपाले ढकाल पार्टीको मर्यादाविपरीत गएको भन्दै भदौ ११ गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो। स्पष्टीकरण सोध्नुअघि महामन्त्री एवं प्रवक्ताको जिम्मेवारीबाट उनलाई हटाइएको थियो।