- युगनाथ शर्मा पौडेल
५० वर्षअघि अगष्ट महिनामा रिचर्ड निक्सनले अमेरिकी राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। वाटरगेट काण्डमा उनले अमेरिकी स्वतन्त्र प्रेसको प्रहार भोगेको थिए। तर आज यो फरक सन्दर्भमा उनलाई स्मरण गरिएको छ। नोभेम्बरको राष्ट्रपति चुनावमा सबै आँखाहरू यो कुरा स्मरण गर्दै अमेरिका चीन वार्षिकोत्सवले अमेरिकी राजनीतिक नेतृत्वको अन्तर्निहित विरोधाभासहरूमाथि चिन्तन गर्ने अवसर प्रदान गरेको छ। किनकि यो बेलामा चीन अमेरिका सम्बन्धलाई नयाँ मोडेल र उचाइमा लैजाने निक्सन सबैको निशानामा छन्।
त्यो बेलाको अमेरिकी राष्ट्रपति निक्सनको कार्यकारी शक्तिको दुरुपयोग र उनको विदेश नीतिको उपलब्धिहरूसँग एक अर्कोको विपरीत थिए। एक प्रचलित कम्युनिस्ट विरोधीको रूपमा, उनले तात्कालिक सोभियत संघलाई विस्थापित गर्न माओवादी विचार र लेनिनवादी विचारलाई सन १९७२ मा चीन गएर भिडाउने योजनामा संसारलाई चकित पारेका थिए।
आलोचकहरूको मतमा अमेरिकाको लोकतन्त्र र मानव अधिकारको पहरेदारको दाबीको धोती त्यो बेला खुस्केको थियो र अमेरिका नाङ्गो भएको थियो त्यो घटनामा। तर क्रेमलिनलाई कमजोर गर्ने बहानामा वैचारिक पतनलाई तथाकथित लोकतान्त्रिक लुगाले ढाक्ने असफल प्रयास वासिङ्टनले गरेको थियो। निक्सनको त्रिकोणीय रणनीतिले प्रभावकारी रूपमा पूर्वसोभियत संघलाई अलग पारेको थियो र अन्ततः शीत युद्धको अन्त्य गर्न सहयोग गरेको थियो, त्यो घटनामा। तर पनि उनले आफ्नो घरभित्र अलोकतान्त्रिक चरित्र देखाएपछि राजीनामा दिनु परेको थियो। के यस्तो सफलता फेरि हुन सक्छ ?
संयुक्त राज्य अमेरिका र चीन दुई महाशक्तिको टकराबले पक्कै पनि अर्को रणनीतिक सफलताको माग खोजेको छ। दुई देशहरू कुनै यथार्थपरक हार र जीतको टक्करको मार्गमा छन्। यसले धेरै समय लिने छैन। ताइवान स्ट्रेट वा दक्षिण चीन सागरको घटना, वा अमेरिकी कन्टेन्ट नीतिको वृद्धि द्वन्द्व बढाउन बलियो मुद्दा हुन्। यो दुवै देश तयार भएर बसेको बेला हो।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा फेरि चुनाव जिते भने, अमेरिका चीन द्वन्द्व समाधान गर्न असम्भव देखिन्छ, यो लगभग पक्कै छ। उनले आफ्नो पहिलो प्रशासनमा गरे जस्तै, अमेरिका ट्यारिफको साथ नेतृत्व गर्न चाहन्छन्। ट्रम्पले आफ्नो पहिलो प्रशासनमा सन् २०१८ को सुरुमा ३ प्रतिशतबाट सन् २०२० मा १९ प्रतिशतमा पुर्याएपछि चिनियाँ आयातमा अमेरिकी शुल्कलाई ५० प्रतिशतदेखि ६० प्रतिशतसम्म बढाउने प्रस्ताव गरेका थिए।
ट्रम्पको अघिल्लो ट्यारिफको मामला थियो, यो प्रयासले ब्याकफायर गर्नेछ। सुरुवातका लागि, ट्यारिफहरू चिनियाँ निर्यातकर्ताहरूमा लाग्ने कर हो, जसले अमेरिकी उपभोक्ताहरूको लागि मूल्य बढाउँछ। पिटरसन इन्स्टिच्युट अफ इन्टरनेशनल इकोनोमिक्सको भर्खरैको अनुसन्धानका अनुसार ट्रम्पको नयाँ प्रस्तावित ट्यारिफहरूको अतिरिक्त लागत जिडिपीको कम्तीमा १८ प्रतिशत हुनेछ, जुन उनको पहिलो चरणको कारणले गर्दा भएको झण्डै पाँच गुणा बढी हुनेछ।
दोस्रो, चीनमा ट्यारिफले बचत गरेको छोटो अमेरिकी अर्थतन्त्रको लागि समग्र व्यापार घाटा घटाउँदैन। यसको सट्टा, तिनीहरूले घाटालाई अन्य, ठूलो मात्रामा उच्च लागतमा, विदेशी उत्पादकहरूमा सार्छन्। ट्रम्पको प्रारम्भिक ट्यारिफहरूपछि चीनसँग द्विपक्षीय असन्तुलन कम भयो, तर अन्य देशहरूसँगको घाटा बढ्यो। आउने दिनमा कमला ह्यारिसले जितेमा फेरि निक्सनको चिनिया मोडेल अपनाउने छन् कि छैनन् ? यो बहस अहिले विचारको रुपमा मिडियामा आएको एउटा बलियो विचार हो। अहिले पनि कमला ह्यारिस अमेरिकी राष्ट्रपतिरुपमा निर्वाचित भएमा फेरि निक्सनको इतिहास दोहोरिने छ त ? त्यो इतिहास अमेरिका चीन सम्बन्धलाई लिएर उठाइएको चासो हो। चर्चित वाटर गेट काण्डलाई लिएर होइन।
अमेरिकामा रिपब्लिकनको तुलनामा डेमोक्रेटहरु अनुदार त छैनन्। तर उनीहरूले धेरै युद्धको घोषणा भने गरेको छन्। अमेरिका युरोपमा असफल भईसकेको त छैन, तर एसियाली महादेशमा उसको धोती पटक पटक खुस्केको छ। भियतनामदेखि अफगानिस्तानसम्म। डिप स्टेटको खेलाडीहरूले एसियामा आफूले मैदान तयार गरेर अरूलाई खेल्ने मौका धेरै पटक दिएका छन्।