कैलाली। कैलालीमा सर्पले टोकेर एकजना बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ वनदेवी टोल बस्ने माया विकका ५ वर्षीय छोरा अरुण विकको मृत्यु भएको हो।
बालक विकलाई आइतबारराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकको उपचारको क्रममा राति १ः ५० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
त्यसैगरी आइतवार राति नै सर्पले टोकेर कैलालीकै गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् । विष्टलाई उनकै किराना पसलको आँगनमा आएको सर्पले दाहिने खुट्टामा टोकेर घाइते बनाएको थियो । उनकाे सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।