काठमाडौं। नेपाली काँग्रेसका दुई वटा विभागले पूर्णता पाएका छन्। सोमबार सभापति शेरबहादुर देउवाले वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेसँगै विभागले पूर्णता पाएका हुन्।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दुवै विभागमा १०-१० सदस्य मनोनयन गरेका हुन्। कर्णबहादुर बुढा प्रमुख रहेको नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभाग र दिनेश कोइराला प्रमुख रहेको आप्रवासी समन्वय विभागमा सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
वित्तीय संस्था समन्वय विभागमा मोरङका भीमकुमार चौधरी, धनुषाका गणेश यादव, काठमाडौंका धरम ब्लोन (लामा), सिन्धुपाल्चोकका विष्णुप्रसाद घोरासैनी, कास्कीका सुरेन्द्रनाथ शर्मा, पाल्पाका चिरञ्जीवी नेपाल, रुकुम पूर्वका ध्रुव पुन, सल्यानका डिलमान चन्द, कैलालीका दिनेश जोशी र अछामका लक्ष्मी शाह मनोनीत भएका हुन्।
यस्तै पूर्व आप्रवासी समन्वय विभागमा रामेश्वर शाह (सिरहा), यदुनाथ पाण्डे (रुपन्देही), सुभाष लोहनी (मोरङ), विज्ञान प्रसाईँ (झापा), रामबहादुर कोङलिवा लिम्बू (ताप्लेजुङ), नवीन पोखरेल (झापा), कृष्णप्रसाद लम्साल (पर्वत), पूर्ण कोइराला (दैलेख), उमा कार्की (काठमाडौं) र बालकुमारी सुनार (कैलाली)लाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।