काठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई कारबाहीको माग गरेको छ।
पोखरामा भएको एक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका गुरुङले प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गरेको आरोप लगाएका ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्न मञ्चले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
विज्ञप्तीमा भनिएको छ,‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग् सबैले शालिन, ससंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन्। यसको विपरित माननीज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरीजस्तो गरिमामय र नेपालको सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नुभएको छ।’