काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालयले राखेको प्रस्ताव, पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीति, सरकारको कामको समीक्षा, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुनेछ।
बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने तयारी रहेको बताइएको छ। बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ। एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ।