सांसद पौडेलको प्रश्न : मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?

Debendra_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपालमा विद्यार्थीले पढ्नको निम्ति आकर्षित भएको एमबिबिएस परीक्षाको नतिजालाई मजाक नबनाउन आग्रह गरे। मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पारदर्शितापूर्वक र गम्भीरतापूर्वक मेरिटका आधारमा पढ्न पाउने विद्यार्थीको शिष्ट कोटालाई व्यवस्थित गर्न माग गरे।

उनले चिकित्सा शिक्षा आयोगले एमबिबिएस परीक्षाको नतिजा किन रोल नम्बरको आधारमा कायम गरेको भनी प्रश्न पनि गरे। सांसद पौडेलले उच्च शिक्षालाई सुधार गर्नुपर्ने चर्चा चलेका बेलामा गम्भीर गल्ती भएको बताए।

‘चिकित्सा शिक्षा आयोगले १ भदौ लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा १४ भदौमा सार्वजनिक गर्‍यो। समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यता क्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने कायम गर्नुपर्ने किन रोल नम्बरको आधारमा भयो ?,’ उनको प्रश्न थियो।

उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समितिले र परीक्षा समितिले गम्भीर गल्ती गरेको बताए। यसमा आयोगले फेरि मानवीय गल्ती भएको भनी विज्ञप्ति निकालेकोप्रति उनले आपत्ति जनाए। ‘मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?,’ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्