लोकतन्त्रको विशेषता संघीयता र समावेशीता : अध्यक्ष यादव

Upendra Yadav
लोकपाटी न्यूज
0 Shares

मोरङ। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता संघीयता र समावेशीता भएको बताएका छन्।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित अभियन्ता अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र संघीयतालाई संस्थागत गर्नु पार्टीको मुख्य जिम्मेवारी भएको बताए।

अध्यक्ष यादवले भने, ‘राज्यद्वारा प्रदान गरिने अवसरमा सबै जनताको पहुँच पुर्‍याउनु पार्टी अभियानको मुख्य कार्यभार हो।’ उनले मुलुकमा देखिको महङ्गी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने पार्टी निरन्तररूपमा खबरदारी गर्ने बताए।