घट्यो आन्तरिक हवाई भाडा

airport-plane-domestic pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वायु सेवा कम्पनीहरूले आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन्। नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले भाडा घटाएका हुन्।

सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ। प्राधिकरणले ४५ रुपैयाँदेखि २६५ रुपैयाँसम्म भाडा घटाएको हो। सबैभन्दा कम काठमाडौं-सिमराको भाडा ४५ रुपैयाँ घटेको हो। यसअघि १२३० रुपैयाँ रहेको भाडा घटेर ११८५ कायम भएको छ।

त्यस्तै सबैभन्दा बढी विराटनगर-नेपालगञ्ज रुटमा २६५ रुपैयाँले घटेको छ। यसअघि ७३५५ रहेको मूल्य घटेर ७०९० रुपैयाँ कायम भएको छ। घटेको हवाई भाडादर बुधबारदेखि नै लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आयल निगमले हवाई इन्धनको मूल्य न्यूनतम पाँच रूपैयाँ घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने गरेका छन्।

नयाँ भाडादर अनुसार त्रिभुवन अन्तर्राष्ट्रियबाट उडान हुने वायु सेवा कम्पनी भाडादर घटाएका छन्। काठमाडौं– भद्रपुर रुटमा एसय ५० रूपैयाँ, काठमाडौं- विराटनगर एक सय २० रूपैयाँ, काठमाडौं-जनकपुर ६५ रूपैयाँ, काठमाडौं-भरतपुर ५० रूपैयाँ, काठमाडौं-पोखरा ८० रूपैयाँ, काठमाडौं- भैरहवा १०५ रूपैयाँ इन्धनको मूल्य घटेको छ। यो सम्बन्धित गन्तव्यबाट फर्किंदा पनि भाउ सोही दरमै घटेको छ। त्यसैगरी, काठमाडौं- नेपालगन्जमा एक सय ६५, धनगढीमा दुई सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा एक सय ७५, राजविराजमा एक सय रूपैयाँले घटेको छ।

uu

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्