काठमाडौं। रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा ५१ जनाको मृत्यु भएको छ। उक्त घटनामा २ सय ७० जनाभन्दा बढी घाइते भएका छन्।
युक्रेनको पोल्टाभा शहरमा रहेको एउटा सैनिक प्रतिष्ठान र नजिकैको अस्पतालमा भएको आक्रमणका कारण थुप्रै भवनहरु ध्वस्त भएका छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको यो हमलको बदला लिने वाचा गरेका छन्।
युक्रेनले पनि लामो दूरीको मिसाइल आक्रमण गरी हवाई प्रतिरक्षा गर्न आफना देशका सैनिकहरुलाई आब्हान समेत गरेको छ। मिसाइल आक्रमणमा शैक्षिक संस्थाको एउटा भवन पनि आंशिक रूपमा ध्वस्त भएको छ। उद्धारकर्मीहरूको समूहले करिब २५ जनाको उद्धार गरेको र यीमध्ये ११ जना भग्नावशेषमा पुरिएको बताइएको छ। अन्यको खोजी कार्य भइरहेको छ।