चितवनमा डेंगु संक्रमणबाट थप एकको मृत्यु

dengo pic
लोकपाटी न्यूज
0 Shares

चितवन। चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ चनौलिका ४१ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए। उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो। शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो। उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्