फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान

KP_Oli_PM
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा अनफलो गर्ने अभियान अझै रोकिएको छैन। आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको भन्ने स्टाटस राखेका थिए। सो स्टाटस मंगलबार उनको फेसबुक पेजबाट हटेको थियो।

मंगलबार अपराह्न मेयर बालेनको स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दावी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दावी गरेको थियो।

त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुर्पयो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन्। अहिले केपी शर्मा ओलीको पेजमा ५ लाख ९३ हजार पुगेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्