काठमाडौं। पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। महानगरले बुधवार स्वदेश फर्केकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको हो।
महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए।
पेशालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँले सम्मान गरेका हुन्। पलेशाले पारा एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन्। पारालिम्पिक्स, एसियाली खेलकुदमा पदक जित्ने पलेशा एकमात्र नेपाली खेलाडी हुन्।