अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउँदैन : डा. महत

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज
0 Shares

विराटनगर। नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने ठोकुवा गरेका छन्।मङ्गलबार कोशी प्रदेशको राजधानी विराटनगरमा बीपी चिन्तन प्रतिष्ठान कोशी प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै प्रवक्ता महतले अहिले बनेको कांग्रेस-एमाले गठबन्धनले जनतालाई आशा जगाएको जिकिर गरे।

उनले संविधान संशोधन गर्दा संविधानबाट समावेशिता हटाउन खोजेको भन्ने कुरा गलत भएको र नेपाली कांग्रेस समावेशिताको पक्षमा लड्दै आएको पार्टी भएको स्पष्ट पारे। उनले कांग्रेसले संविधानबाट समावेशितालाई हटाउने कुरा सोच्न समेत नसक्ने बताए। प्रवक्ता महतले संविधान संशोधनको विषयमा अन्योन्य र गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै त्यतातिर सचेत रहन पनि सबैलाई आग्रह गरे।