जनकपुरधाम। धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर- ७ लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा १० वर्षीय आदित्यकुमार साह, ९ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्।
मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेका हुन्। तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।