काठमाडौं। यसवर्षको तिज आजदेखि शुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ।
दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। माइतीपक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ।
तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ भोलिपल्टको व्रतका लागि पूर्व तयारी गर्छन्।विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्।
महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन्। तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन्।