नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी

nawazuddin_siddiqui
लोकपाटी न्यूज

काठमाडौं। भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन्। मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन विमानस्थलमा उनलाई चलचित्र ‘साम्बाला’का निर्देशक मीन भामले स्वागत गरेका हुन्। उक्त चलचित्रको प्रिमियर भदौ २३ गते काठमाडौंमा हुँदैछ। प्रिमियरमा नवाजुद्दीन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

चलचित्र ‘साम्बाला’मा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान् खोज्दाको कथा समेटिएको छ। चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्