अखिल (क्रान्तिकारी) काठमाडौं महानगरको उपाध्यक्षमा सुबोध डोटेल

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं महानगरको नयाँ कार्यसमिति गठन भएको छ।

शनिबार काठमाडौंमा सम्पन्न अखिल (क्रान्तिकारी) काठमाडौं महानगरको तेस्रो सम्मेलनले भरत महताराको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो।

सम्मेलनबाट अध्यक्षमा महतारा, उपाध्यक्षमा सुजीन जोशी, राजु महतो, रोशन पुरी, सुबोध डोटेल, इमन सिंह थोक्रे र सम्झना शाही चयन भएका छन्। त्यस्तै, सचिवमा कृष्ण कार्की, सहसचिवमा सबिन तामाङ र संयोक श्रेष्ठ र कोषाध्यक्षमा रूपक केसी चयन भएका हुन्।