बाँके। जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ। जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।
‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ’, उनले भने। सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन्।
सो पालिकामा तीन जनामा झाडाबान्ताका बिरामी भेटिएका छन्। तीमध्ये एक जनाको भेरी अस्पताल र अर्का एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। एक जना भने उपचारपछि घर फर्केका छन्।