नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङ वानमा

naggo gau-movie
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ। बूढासुब्बा डिजिटलले तीजको अवसर पारेर शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो।

उक्त फिल्म ‘नांगो गाउँ’ ट्रेन्डिङको शीर्षस्थानमा छ। रिलिज भएको छोटो समयमै ट्रेन्डिङ वानमा आएको फिल्मलाई आइतबार बिहानसम्म २७ लाख ७ हजार भन्दा बढी पटक हेरिएको छ।

दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतले अभिनय गरेका छन्। चलचित्रमा गाउँमा हुने राजनीतिक गतिविधिलाई प्रस्तुत गर्न खोजिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्