भियतनाममा आँधीबाट ९ जनाको मृत्यु

Aadhi
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। भियतनाममा आँधीका कारण ९ जनाको मृत्यु भएको छ। दक्षिणी चीन र फिलिपिन्स हँदै भियतनाम प्रवेश गरेको यागी नाम दिइएको आँधीका कारण जनजीवन अस्तब्यस्त बनेको हो।

प्रतिघण्टा १ सय ४९ किलोमिटरको दरले आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रुखहरू ढलेका छन्। आँधीकै कारण सयौ सवारीसाधनमा क्षति पुगेको छ।

आँधीले भियतनामका विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाउँदा सर्यौ घरबार बिहीन बनेका छन्। समद्री तटीय क्षेत्रका कर्यौ डुंगा डुबाएको छ भने पहिरोले दर्जनौ घर पुरिएका छन्।

उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु भएको हो। स्थानीय बासिन्दाका अनुसार, तुआन चाउ टापुमा पार्किङमा राखिएको २३ डुंगामा गम्भीर क्षति पुगेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्