काठमाडौं। काठमाडौंमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ। अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले जानकारी दिए।
मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो । निरीक्षक डा. झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो ।
महानगरपालिकाले अनुगमनका क्रममा पानी संकलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो। पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको छ।