सभामुखले ‘हिंसा शब्द रेकर्डबाट हटाउनु पर्दैन’ भनेपछि प्रतिपक्षीले गरे प्रतिवाद

Debraj_Ghimire
लोकपाटी न्यूज

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय सुनाएपछि सदनमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच वादविवाद चर्किएको छ।

बुधबार बसेको संसद बैठकमा सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट नहटाउन निर्णय सुनाएका थिए।सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए। यसमा असहमति राख्दै माओवादी केन्द्रले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच विवाद सुरु भएका हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्