काठमाडौं। कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
ब्युरोका एसपी होविन्द्र बोगटीका अनुसार सूर्यमानले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको खुलेको छ। उनीमाथि सीआईबीले थप अनुसन्धान अघि बढाएको छ।