सभामुखको रुलिङलाई सांसद पौडेलको चुनौती : ‘संविधान विपरीत जाने छुट कसैलाई छैन ‘

devendra-poudel
लोकपाटी न्यूज

काठमाडौं। ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्र विरोधमा उत्रिएको छ।माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङमा चुनौती दिँदै संविधान विपरीत जाने छुट कसैलाई पनि नभएको बताए ।

उनले माओवादी आन्दोलनलाई शसस्त्र संघर्ष भनेर स्वीकार गरेको भन्दै सभामुखको अभिव्यक्ति आपत्तिजनक भएको बताए। सांसद पौडेलले संविधानमा हिंसा शब्द देखाउन आग्रह समेत गरे ।

पौडेलले भने, ‘सम्माननीय सभामुखले भन्नुभएको शब्दप्रति हामी सबैको गम्भीर आपत्ति छ। ‘तपाईंहरू सशस्त्र द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया र त्यसका जगमा बनेको संविधान नमान्नु होला तर हामी मान्छौँ ।’

उनले नियम, कानुन र प्रणाली विपरीतका शब्द प्रयोग नगर्न सभामुखलाई आग्रह गरे। उनले टीआरसी सबैको सहमतिमा अघि बढेको भन्दै शान्ति प्रक्रियालाई बिथोल्ने गरी शब्द प्रयोग नगर्न चेतावनी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्