पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

Karnali_koridor
लोकपाटी न्यूज

काठमाडौं। पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। बुधबाररातिको अविरल वर्षाले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् । जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्