आफैँले काटेको रूखले च्यापेर कुमालको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

पोखरा। आफैंले काटेको रूख ढलेर च्यापिँदा तनहुँमा एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद नगरपालिका–६ कुमालडाँडा फेदिका ५८ वर्षीय शेरबहादुर कुमालको बिहीबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भीमाद-६ रङ्गशाला नजिकैको सिसौघारीमा सुकेको रुख काट्ने क्रममा ढलेको रूखले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्