काठमाडौं। पेरिस पारा लिम्पिक्समा २०२४ मा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ दिएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो ।
यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिएको बताए ।
पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन्। पलेशाले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प्रतिस्पर्धामा सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै पदक जितेकी हुन्।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए।