वीर अस्पतालमा जलनको उपचार सुरु

bir-hospital-burn-center-pic
लोकपाटी न्यूज

काठमाडौं। वीर अस्पतालमा आजदेखि जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका हुन् ।

जलनका बिरामीका लागि अस्पतालमा छुट्टै अप्रेसन थिएटर, आइसीयु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

केन्द्रको शुभारम्भदेखि अस्पतालको अन्य सेवाको निरीक्षण समेत गरेका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए ।
उनले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिए ।

मन्त्री पौडेलले सबै टिकटहरूलाई अनलाइन प्रणालीमार्फत लैजान निर्देशन पनि दिए । २०७२ को विकासकारी भूकम्पका कारण अस्पतालबाट जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्