काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडक भासिएपछि पानी निस्किएको हो।
अकस्मात सडक भासिँदा एक जना घाइते भएका छन् । भ्वाङ पाटन ढोका जाने र पुल्चोक जाने चोकैका सडक खण्ड वरिपरी १५/२० फिटसम्मै सडक चर्केको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले सडक मुनिबाट लगिएको मेलम्चीको पाइप फुटेर पानी निस्किएपछि सडक भासिएको जानकारी दिए ।