काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको छ जुन हालसम्मकै उच्च हो। शुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकिएको थियो। शुक्रबार भने बिहीबारको तुलनामा एक तोलामै ३ हजार रुपैयाँले भाउ बढेको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।