त्रिविका परीक्षामा एआई प्रयोग गर्न प्रतिबन्ध

T U
लोकपाटी न्यूज

काठमाडौं। विद्यार्थीले परीक्षा दिँदा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’)को प्रयोग गर्न सक्नेतर्फ त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सतर्क भएको छ। उत्तर आफैँले दिनुपर्ने ठाउँमा एआईको प्रयोग हुन सक्नेतर्फ त्रिवि परीक्षा सुधार समिति सतर्क भएको हो।

समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले परीक्षामा एआईको प्रयोग हुन नदिन आवश्यक निर्णय लिएको छ। बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै तहका परीक्षामा एआई प्रयोगमा प्रतिबन्ध लगाएको छ। बैठकले गरेको निर्णयअनुसार एआई प्रयोग गरेको पाइए परीक्षा नै रद्द गर्ने निर्णय गरेको छ।

यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समय सीमा कटेका विद्यार्थीहरूले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको छ। समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्