प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्।

अहिले बिहान १० बजे माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्। सिंहले दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको जनाइएको छ ।