काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। समितिको ४६ औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची छ।
बैठकमा प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ। त्यस्तै, दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।