काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मङ्गलवार दिउँसो २ बजे वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने छ।
बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले जानकारी दिए।