बाढीपीडितलाई एनआरएनए यूकेको १५ लाख सहयोग

NRN
लोकपाटी न्यूज

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सङ्घका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले नेपालका बाढी पीडितहरूको लागि सो सहयोग गर्ने निर्णय गरेको हो।

सङ्घले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाखपछि थप गर्दै जाने निर्णय समेत गरेको अध्यक्ष गुरुङले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्