राष्ट्रिय वाणिज्य बैङ्कद्वारा दुई करोड सहयोग

Rastriya-banijya-bank_01
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय वाणिज्य बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैङ्क सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री ओलीले बैङ्कप्रति कृतज्ञता व्यक्त गर्दै बाढी पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए। बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताएका थिए। मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा एक अर्ब दाखिला गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्