आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्