आज भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

Vitamins_Juka
लोकपाटी न्यूज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोली देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउँदैछ ।
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।

यसका साथै १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्