साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै

saff-mahila-championship-2 pic
लोकपाटी न्यूज

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दैछ । च्याम्पियनसिप अन्तर्गत आज समुह ‘बी’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्दैछन् । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र भुटान भिड्ने भएका हुन् । यो खेल साँझ साढे ५ बजे शुरु हुनेछ । नेपालमा यो प्रतियोगिता लगातार तेस्रो पटक आयोजना भएको हो ।

यसअघि उपविजेतामा चित्त बुझाउँदै आएको नेपालले यसपालि उपाधि हासिल गरेरै छाड्ने लक्ष्य लिएको छ । नेपाली टोलीका खेलाडीदेखि प्रशिक्षक सबै उत्साही देखिएका छन् ।

दशरथ रंगशालामा हिजो भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले हराउँदै भारतले विजयी शुरुवात गरेको छ। जितसँगै भारतले ३ अंक जोडेको छ । उपाधिको छिनोफानो कात्तिक १४ गते हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्