टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

accident_
लोकपाटी न्यूज

दाङ। बंगलाचुली गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको रा१ ख १८५७ नम्बरको टिप्पर सोमबार बिहान १ बजे बंगलाचुली–४, जुम्लेपानीमा दुर्घटना हुँदा चालक गढवा गाउँपालिका –७ का २९वर्षीय प्रभु चौधरीको मृत्यु भएको हो । टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्