सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको दुई हजारले बढेर अहिलेसम्मकै महँगो एक लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो।

आजका लागि निर्धारित मूल्य हालसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार यसको मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्