सप्तरीमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

सप्तरी। कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ। घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ। दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैयाँ राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्