रवि लामिछानेलाई कास्की अदालतमा पुर्‍याइयो

Rabi_Lamichhane
लोकपाटी न्यूज

पोखरा। सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा पुर्‍याइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो ।

शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई त्यसैदिन राति नै पोखरा ल्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले आज लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडितले आ–आफ्नो पक्षमा नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्