उपराष्ट्रपति यादव अस्पतालमा भर्ना

ramsahaye prasad yadab
लोकपाटी न्यूज

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ भर्ना भएका हुन्।

उपराष्ट्रपति यादवले आफ्नो शल्यक्रियाको लागि सरकारी अस्पताल नै रोजेपछि आफूले परामर्श गरेर त्रि.वि. शिक्षण अस्पताल ल्याईएको यादवका निजी चिकित्सक डा शिवजी विक्रम सिलवालले बताए।

उनकाअनुसार यादवको शल्यक्रिया भने प्राडा रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा.सुमिता प्रधानले गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्